न्यू साउथ वेल्स (NSW) को लागि आफ्नो यात्राको योजना बनाउनुहोस्

न्यू साउथ वेल्स (NSW) को लागि आफ्नो यात्राको योजना बनाउनुहोस्

पूर्व – प्रस्थान जानकारी

न्यू साउथ वेल्समा तपाईंको यात्राको तयारी गर्न मद्दत गर्नको लागि, तपाईंसँग सबै सान्दर्भिक जानकारी र कागजातहरू छन् भनी सुनिश्चित गर्न यो पूर्व –प्रस्थानको जाँचसूची प्रयोग गर्नुहोस् ।

  • चरण १: अष्ट्रेलियाको लागि राहदानी र विद्यार्थी भिसा

    अष्ट्रेलिया आउनुभन्दा कम्तिमा छ महिना अघि तपाईंको राहदानी वैध छ कि छैन जाँच्नुहोस् । तपाईंले अष्ट्रेलियाको लागि तपाईंको विद्यार्थी भिसा मान्य छ भनेर सुनिश्चित गर्नुपर्छ । तपाईंको पाठ्यक्रम सुरु हुनुभन्दा कम्तिमा छ हप्ता अघि भिसाको लागि आवेदन दिनुहोस् । थप जानकारीको लागि, गृह मामिला वेबसाइटमाExternal Link  जानुहोस् ।

  • चरण २: उडान र आवास

    तपाईं आउनु अघि छोटो अवधिको आवास बुक गर्नु उत्तम हुन्छ, त्यसपछि तपाईं न्यू साउथ वेल्समा आइपुगेपछि दीर्घकालीन विकल्पहरू खोज्नुहोस् । यसले तपाईंलाई आफ्नो छिमेकको अन्वेषण गर्न र तपाईंको लागि उत्तम आवास छनौट गर्न समय दिन्छ ।

    तपाईंको विद्यार्थी भिसा अनुदानमा भिसा सर्त ८५३३ को पालना गर्दै, तपाईंले अष्ट्रेलिया आइपुगेको सात दिन भित्र आफ्नो शिक्षा प्रदायकलाई तपाईंको आवासीय ठेगाना थाहा दिनुपर्छ । यदि तपाईंको आवासीय ठेगाना परिवर्तन भयो भने, तपाईंले परिवर्तन भएको सात दिन भित्र आफ्नो शिक्षा प्रदायकलाई सूचित गर्नुपर्छ । यसमा तपाईंको प्रस्थान समावेश छ ।

  • चरण ३: अन्तर्राष्ट्रिय विद्यार्थी स्वागत डेस्क

    तपाईं सिड्नी विमानस्थलमा आइपुग्दा तपाईंलाई स्वागत गर्न हाम्रो टोली पर्खिरहेको छ । विमानस्थल आगमन हलको निकास A मा अवस्थित हाम्रो डेस्कमा जानुहोस् र यदि तपाईंलाई मद्दत चाहिन्छ भने हामीलाई थाहा दिनुहोस् ।

  • चरण ४: सिड्नी विमानस्थलबाट यातायात

    यातायात विकल्पहरूको लागि आफ्नो शिक्षा संस्थालाई सम्पर्क गर्नुहोस् वा सिड्नी विमानस्थलको वेबसाइटमाExternal Link जानुहोस् ।

पूर्व – प्रस्थान जानकारी

भिसा जानकारी

सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलियामा अध्ययन गर्न विद्यार्थी भिसा चाहिन्छ । प्रकृया सुरू गर्न तपाईंले सही उपवर्गको लागि आवेदन दिन र आवश्यक कागजातहरू प्रदान गर्न आवश्यक छ ।  गृह मामिला विभागExternal Link  मार्फत अष्ट्रेलियामा अध्ययनको लागि भिसा विकल्पहरू अन्वेषण गर्नुहोस् ।

बस्ने सही ठाउँ पत्ता लगाउन

न्यू साउथ वेल्समा तपाईंको अध्ययन स्थानको पुष्टि हुने बित्तिकै, तपाईंको आवश्यकता र बजेट अनुरूपको आवास खोज्न सुरु गर्नुहोस् । विद्यार्थी आवास सामान्यतया अत्यधिक खोजिन्छ र पूर्व योजनाको आवश्यकता पर्दछ ।

तपाईंको लागि सही आवास पत्ता लगाउँदा विचार गर्नुपर्ने केही कारकहरू निम्न छन्:

  • तपाईंले छनौट गरेको शहर र आवासको प्रकार अनुसार लागत फरक हुनेछ ।
  • कुल लागत र तपाईंले भुक्तानी गर्न आवश्यक पर्ने कुनै पनि अन्य खर्चहरू, जस्तै बोण्डको साथसाथै नियमित ग्यास, पानी र बिजुलीको बिलहरू सधैं निर्क्योल गर्नुहोस् ।
  • तपाईंको क्याम्पसबाट आवासको दूरी र यो सार्वजनिक यातायात, जस्तै बस, ट्राम वा रेलबाट सजिलै पहुँचयोग्य छ कि छैन भनेर विचार गर्नुहोस् ।
  • किनमेल केन्द्रहरू र सुविधाहरू, साथै स्वास्थ्य, अस्पताल र आपतकालीन सेवाहरू नजिकै अवस्थित छन् भनेर पत्ता लगाउनुहोस् ।
  • न्यू साउथ वेल्स फेयर ट्रेडिंग (NSW Fair Trading)राज्य सरकारको एजेन्सी हो जुन तपाईंको अधिकारहरूको सुरक्षाको लागि जिम्मेवार छ।
बस्ने सही ठाउँ पत्ता लगाउन

आवासका प्रकारहरू

छोटो अवधिको आवास

तपाईं आउनु अघि छोटो अवधिको आवास बुक गर्नु उत्तम हुन्छ, तपाईं न्यू साउथ वेल्समा आइपुगेपछि दीर्घकालीन विकल्पहरू खोज्नुहोस् । अस्थायी आवासमा बजेट होस्टलहरू र होटलहरू र निजी छोटो अवधिको घरभाडाहरू समावेश छन् ।

निजी भाडा र साझा आवास

निजी घरभाडाको अर्थ निजी घर मालिक वा घर जग्गा एजेन्टबाट घर, फ्ल्याट वा अपार्टमेन्ट भाडामा लिनु हो । तपाईं यसलाई आफैं वा अन्य व्यक्तिहरूसँग भाडामा लिन सक्नुहुन्छ, र कोठाहरू सुसज्जित वा सुसज्जित नभएका हुन सक्छन् । निजी भाडामा अन्य उपयोगिताहरू/सुविधाहरू समावेश हुँदैनन् ।

साझा आवास सबैभन्दा सस्तो विद्यार्थी आवास विकल्पहरू मध्ये एक हो । जति धेरै मानिसहरूले भाडा र बिलहरू बाँड्छन्, प्रत्येक व्यक्तिले त्यति नै कम तिर्नेछ ।

एनएसडब्ल्यूको भाडादार युनियनलेExternal Link  एनएसडब्ल्यूमा भाडाको बारेमा सुझाव र जानकारी प्रदान गर्दछ ।

विद्यार्थी आवास

उद्देश्य - निर्मित विद्यार्थी आवास (PBSA) लाई विद्यार्थी आवासको रूपमा पनि चिनिन्छ । यो सामान्यतया शिक्षा संस्थाहरूमा वा नजिकै अवस्थित हुन्छ । धेरैजसो कोठाहरू पूर्ण रूपमा सुसज्जित हुन्छन् र २४ – घण्टाको सहायताको साथ आउँछन् । केहीमा एक्लै बस्न सकिन्छ, अरूकेहि सँगी विद्यार्थीहरूसँग साझेदारी गर्न सकिन्छ । भाडामा सामान्यतया सबै उपयोगिताहरू पनि समावेश हुन्छन् ।

हामी विद्यार्थीहरूलाई राष्ट्रिय सम्पत्ति प्रत्यायन योजना (National Property Accreditation Scheme - NPAS)External Link  मान्यता प्राप्त विद्यार्थी आवास विकल्पमा विचार गर्न प्रोत्साहित गर्दछौं किनभने यी सम्पत्तिहरूलाई न्यूनतम उद्योग मापदण्डहरू पूरा गर्न विद्यार्थी आवास संघ (Student Accommodation Association - SAA)External Link  द्वारा मूल्याङ्कन गरिएका छन् ।

निवास वा आवासीय कलेजहरूको हलहरू

निवास वा आवासीय कलेजहरूको हलहरू क्याम्पसको नजिक अवस्थित हुन्छन् । तिनीहरूले सामान्यतया सुसज्जित कोठा, खाना, कोठा सफा गर्ने सेवाहरू र अनसाइट जिम र पुस्तकालयहरू प्रदान गर्छन् । केही कलेजहरूले बासिन्दाहरूको लागि सामाजिक गतिविधिहरू पनि आयोजना गर्छन् ।

थप जान्नको लागि, आफ्नो शिक्षा संस्थालाई सम्पर्क गर्नुहोस् ।

होमस्टे (Homestay)

होमस्टेमा, तपाईं परिवारसँग बस्नुहुन्छ । पाहुना राख्ने परिवारले सुसज्जित कोठा, अध्ययन गर्ने ठाउँ, सामूहिक क्षेत्र, र लुगा धुने र सुकाउने मेसिन जस्ता सुविधाहरू प्रदान गर्दछ । केही होमस्टेहरूमा सबै खानाहरू समावेश हुन्छन्, र अधिकांशमा सबै उपयोगिताहरू समावेश हुन्छन् ।

हामी विद्यार्थीहरूलाई मान्यता प्राप्त होमस्टे आवास विकल्प विचार गर्न प्रोत्साहित गर्दछौं किनभने यीनीहरूले उद्योग मापदण्डहरूको न्यूनतम सेट पूरा गरेका छन् भनि मूल्याङ्कन गरिएको छ ।

बोर्डिङ स्कूलहरू

केही प्राथमिक र उच्च विद्यालयहरूले १८ वर्ष मुनिका विद्यार्थीहरूको लागि क्याम्पसमा आवास प्रदान गर्छन् । थप जान्नको लागि, आफ्नो शिक्षा संस्थालाई सम्पर्क गर्नुहोस् ।

युवा छात्रावासहरू

निजी वा साझा छात्रावास कोठामा सन्चालित यो सस्तो अस्थायी आवास हो, । बाथरूम, भान्सा र भेटघाट गर्ने ठाउँहरू सामान्यतया साझा हुन्छन्, र कपडा, इन्टरनेट र उपयोगिताहरू निःशुल्क हुन्छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि न्यू साउथ वेल्स जब्स कनेक्ट (NSW Jobs Connect)

न्यू साउथ वेल्स जब्स कनेक्ट (NSW Jobs Connect) अष्ट्रेलियाकै पहिलो स्टडी न्यू साउथ वेल्स (Study NSW) र सीक (SEEK) भनिने रोजगारी खोज्ने प्लेटफर्म बीचको कार्यक्रम हो । कार्यक्रमले पेशागत अवसरहरू पत्ता लगाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई न्यू साउथ वेल्सका रोजगारदाताहरूसँग जोड्दछ । तपाईं न्यू साउथ वेल्समा आउनु अघि, वा तपाईंको अध्ययनको समयमा वा स्नातक पछि रोजगारीको खोजी गर्नुहोस्, साथै करियर - रेडी मास्टरक्लास र इन्टर्नशिपहरूमा पहुँच प्राप्त गर्नुहोस्।

३० उद्योगहरूमा २०० भन्दा बढी न्यू साउथ वेल्स रोजगारदाताहरूबाट सिड्नी र न्यू साउथ वेल्स भरि गुणस्तरीय रोजगारहरू खोज्नुहोस्External Link 

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि न्यू साउथ वेल्स जब्स कनेक्ट (NSW Jobs Connect)

विद्यार्थी सहायता सेवाहरू

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि धेरै विद्यार्थी सहायता सेवाहरू उपलब्ध छन् ।

यदि तपाईंलाई सहयोग चाहिन्छ भने, तपाईंको शिक्षा संस्थाले तपाईंको आवश्यकताहरू पूरा गर्न विभिन्न सेवाहरू प्रदान गर्न सक्छ । न्यू साउथ वेल्समा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि दिइने सहायता, संस्थाहरू बीच फरक हुनेछ र निम्न समावेश हुन सक्छ:

  • अध्ययन र सिकाइ सहायता
  • शैक्षिक लेखनको लागि सहयोग
  • सांस्कृतिक चुनौतीहरू सामना गर्न सहायता ।

विद्यार्थी सेवा र सहायताको बारेमा थप जान्न, आफ्नो शिक्षा संस्थालाई सम्पर्क गर्नुहोस् ।

विद्यार्थी सहायता सेवाहरू

Photo credit: Destination NSW